images
images

कसरी हेर्ने एसईईको रिजल्ट, हेर्नुहोस् एक दर्जन तरिका


  • 811
    SHARES
  • २०७८ श्रावण २३ गते शनिबार

    कसरी हेर्ने एसईईको रिजल्ट, हेर्नुहोस् एक दर्जन तरिका

    काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको गरेको छ । बोर्डले शनिबार प्रकाशन गरेकाे जनाउँदै गर्दा विद्यार्थीहरुले आफ्नो नतिजा कसरी हेर्ने भन्ने द्विविधा हुन सक्छ । यही द्विविधालाई अन्त्य गर्न बोर्डले एसईई नतिजा हेर्ने एक दर्जन तरिका सार्वजनिक गरेको छ । 

    बोर्डका अनुसार ५ वटा एसएमएस तथा आईभीएआर सेवा तथा ७ वटा वेभसाइटमार्फत् उक्त, नतिजा हेर्न सकिन्छ । एसएमएस सेवा अन्तर्गत इभी सर्भिस प्रा.लि., आकाश टेक प्रा. लि., जानकी टेक्नोलोजी, नेपाल टेलिकम र एनसेलको सेवा उपलब्ध छ । टेलिकमले भने आईभीआर सेवा समेत उपलब्ध गराउनेछ । 

    त्यस्तै, परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड, द कन्सेप्ट प्लस प्रा.लि., ईडीयू सञ्जाल, नेपाल टेलिकम, कान्तिपुर डिजिटल कर्प प्रा.लि. र एनसेलको वेभसाइटबाट पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । result.jpg


    images
    images

    Logo