images
images

परीक्षा बोर्डको बैठक बस्दै, कक्षा १२ को परीक्षा हुने नहुने बारे छलफल


  • 569
    SHARES
  • २०७८ श्रावण २३ गते शनिबार

    परीक्षा बोर्डको बैठक बस्दै, कक्षा १२ को परीक्षा हुने नहुने बारे छलफल

    काठमाडौ । आगामी साउन ३१ गते देखि सञ्चालन हुन लागिरहेको  कक्षा १२ को परीक्षा स्थगित गर्ने नगर्ने भन्ने बिषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ ।

    कोरोना महामारीका कारण विभिन्न तहका परीक्षाहरू निर्धारित समयमा सञ्चालन हुन सकिरहेका थिएनन्  । दोस्रो लहरको निषेधाज्ञा खुला भएपछि एउटा कक्षामा २५ जना मात्र विद्यार्थी रहने गरि परीक्षा सञ्चालन गर्न थालिएको थियो । तर, कोरोना संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेपछि  विद्यार्थीहरु अन्योलमा परेका छन् ।

    साउन ३१ गते देखि सञ्चालन हुने गरि कार्यतालिका तोकेको कक्षा १२ को परीक्षाको अन्तिम तयारीमा रहेको बेला यस्तो सिफारिस आएपछि अब परीक्षा हुने नहुने बारे छलफल गर्न  बैठक बसेको हो । 


    images
    images

    Logo