images
images

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा


  • 556
    SHARES
  • २०८० कार्तिक ५ गते आइतबार

    सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

    बैंकको चुक्तापुँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६.७२ रुपैयाँको कुल ५.२६३ प्रतिशतले हुन आउने १७ करोड १९ लाख ७८ हजार ५१२ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने १६ करोड ३३ लाख ७९ हजार ५८६ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशतले हुन आउने ८५ लाख ९८ हजार ९२६ रुपैयाँबराबरको नगद लाभांश छन् ।


    images
    images

    Logo