काठमाडौं । हिन्दुहरुको महान पर्व दशैंका ५ दिन नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से) बन्द हुने भएको छ । सरकारले फूलपातीदेखि द्वादशी सम्म सार्वजनीक बिदा दिने घोषणा गरेसँगै नेप्से पनि ती दिनमा बन्द रहने भएको हो ।
सरकारको उक्त निर्णयअनुसार नेप्से कार्तिक ४ गतेदेखि ९ गतेसम्म बन्द हुने भएको छ । ९ गते बिहीबार पर्ने र शुक्रबार र शनिबार नेप्से बन्द रहने हुँदा बजार अब एकैचोटी १२ गते, आइतबार बाट सुरु हुनेछ ।
उक्त बिदाको अवधिमा नेप्सेमा कुनै पनि कारोबार हुने छैन ।