images
images

सातामा २९ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?


  • 437
    SHARES
  • २०८० कार्तिक ४ गते शनिबार

    सातामा २९ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से २९.२४ अंक बढेर १ हजार ९ सय ३ दशमलव ८४ विन्दुमा पुगेको छ। यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। सोमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेको थियो। यस साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेको थियो।

    यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे १ प्रतिशत बढेको छ। गत साता २८ खर्ब ७६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४४ अर्ब रुपैयाँ बढेर २९ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ।

    साताको पहिलो दिन आइतबार घट्स्थापना परेका कारणले सरकारले सार्वजनिक विदा दिएको थियो । साताको दोस्रो दिन सोमबार २३.१६ अंकले घटेर १ हजार ८ सय ५१ दशमलव ४३ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

    त्यस्तै, मंगलबार १३.१८ अंकले बढेर १ हजार ८ सय ६४ दशमलव ६३ विन्दुमा पुगेको थियो । सो दिन ९७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, बुधबार ४३.२७ अंकले बढेर १ हजार ९ सय ७ दशमलव ८९ विन्दुमा पुगेर बन्द भएको थियो । सो दिन ८६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    साताको अन्तिम दिन विहीबार ४.०५ अंकले बढेर १ हजार ९ सय ३ दशमलव ८४ विन्दुमा पुगेको छ । सो दिन ८४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

    यस साता १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २.९० प्रतिशत बढेको छ। त्यसैगरी, यस साता अन्य, विकास बैंक र लगानी उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी बढेको छ भने लघुवित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ९१.०७ प्रतिशत बढेको छ। यस साता होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक घटेका हुन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशत घटेको छ।

    यस साता दुई कम्पनीको कुल ३ करोड ८९ लाख ७१ हजार ९ सय ५९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता नेशनल हाइड्रोपावर कम्पनीको हकप्रद शेयर र सोनापुर मिनरल्स एण्ड आयलको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

    यद्यपि, नेप्से सूचकमा केही राम्रो संकेत देखिए पनि कारोबार भने खासै हुन सकेन । लाभांशको सिजनमा पनि बजार निरन्तर घट्दै आएको छ । वर्षभरिको कमाईबाट सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् । कतिपयले साधारण सभा गरेर लाभांश प्रस्ताव अनुमोदन पनि गरिसकेका छन् । तर यी कुराहरुको सकारात्मक प्रभाव अहिलेसम्म बजारमा देखिएको छैन ।  

     

     


    images
    images

    Logo