images
images

सामुदायिक र विपिडब्लु लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता, स्वाप रेसियो कति ?


  • 536
    SHARES
  • २०८० कार्तिक ३ गते शुक्रबार

    सामुदायिक र विपिडब्लु लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता, स्वाप रेसियो कति ?

    काठमाडौं । सामुदायिक र बीपीडब्लु लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । यी दुई बीच बिहीबार (कात्तिक २ गते ) एक आपसमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको हो । 

    सम्झौतामा बीपीडब्लुको १०० कित्ता सेयर बराबर सामुदायिकको ०.८५३५ कित्ता स्वाप रेसियो कायम गरिएको छ । मर्जर सम्झौता गरेसँगै दुवै कम्पनीले नेपाल राष्ट्र बैंकसँग सैद्धान्तिक स्वीकृति पनि मागेका छन् । यी दुई लघुवित्तबीच गत पुस १ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता गरेका थिए ।

    राष्ट्र बैंकको स्वीकृतिपछि मर्जरसम्बन्धि थप प्रकृया अघि बढ्ने छ । यसअघि असोज ३० गते सम्पन्न दुवै लघुवित्तको विशेष साधारणसभाले पनि एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए । 

    1697786762501_page-0001.jpg


    images
    images

    Logo