images
images

सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस


  • 644
    SHARES
  • २०७८ श्रावण २२ गते शुक्रबार

    सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी सुरु नभएका परीक्षाहरू स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ। 

    मन्त्रालयले कोरोना संक्रमण दर बढ्न थालेपछि सबै परीक्षा सार्न सिफारिस गरेको हो। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड– १९ संक्रमण फैलिँदै गएको भन्दै शुक्रबार उक्त परीक्षा सार्न सिफारिस गरेको जनाएका छन्। 

    स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्विटरमार्फत् जानकारी गराउँदै लेखेका छन्, ‘चार लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौँ, निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँदछु।’

    कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सुरु हुने तालिका छ। यस्तै स्‍नातक तहका विद्यार्थीहरू पनि परीक्षाको पर्खाइमा छन्। स्नातकोत्तर तहका केही परीक्षा भने अहिले भइरहेको छ । 


    images
    images

    Logo