images
images

हिमालयन रि इन्स्योरेन्सको आईपीओ कात्तिक २१ गतेदेखि


  • 646
    SHARES
  • २०८० कार्तिक ३ गते शुक्रबार

    हिमालयन रि इन्स्योरेन्सको आईपीओ कात्तिक २१ गतेदेखि

    काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले कात्तिक २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको थियो। सोमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

    कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा १ सय ६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २ सय ६ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

     

     

     


    images
    images

    Logo