काठमाडौं । माथिल्लो मैलुङ खोलाको आईपीओ भोली अथात् शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार बिहान ९.३० बजे आफ्नै कार्यालय, नक्साल काठमाडौंमा आईपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ ।
किनभने यसमा मागभन्दा १०.८० गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो ।
जसमा १२ लाख ४९ हजार १ सय ७ जनाले कुल १ करोड ३८ लाख ८० हजार ५ सय ९० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख २८ हजार ४ सय २० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख २० हजार ६ सय ८७ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले सर्वसाधारणका लागि १२ लाख ८४ हजार २ सय कित्ता सेयर आईपीओ जारी गरेको थियो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि शेयर निष्काशन गरि बाँडफाँड समेत गरिसकेको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ ।



