काठमाडौं । आईपीओ निष्काशनका लागि २ कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । यसरी निवेदन दिनेमा सोलु हाइड्रोपावर र टक्सार पिखुवाखोला हाइड्रोपावर रहेका छन् ।
सोलु हाइड्रोपावरले २ करोड कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो। बोर्डले अनुमति दिएपछि कम्पनीले २ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले असोज २३ गते बोर्डमा आवेदन दिएको हो ।
त्यस्तै, टक्सार पिखुवाखोला हाइड्रोपावरले ४२ लाख ३० हजार ६ सय ६८ कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो । बोर्डले अनुमति दिएपछि कम्पनीले ४२ करोड ३० लाख ६६ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले असोज २६ गते बोर्डमा आवेदन दिएको हो ।



