images
images

सामान्य अंक घटेर बन्द भयो नेप्से, कारोबार रकम ९७ करोडमा सिमित


  • 368
    SHARES
  • २०८० कार्तिक २ गते बिहीबार

    सामान्य अंक घटेर बन्द भयो नेप्से, कारोबार रकम ९७ करोडमा सिमित

    काठमाडौं । दशैं बिदा अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.०५ अंकले घटेर १ हजार ९ सय ३ दशमलव ८४ विन्दुमा पुगेर बन्द भएको छ । 

    आज कारोबारमा आएका २ सय ८४ स्क्रिपको ९७ करोड ६ लाख रुपैयाँ बराबरको ३७ लाख ६६ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्से घटेपनि कारोबार रकम भने केही बढेको छ । बुधबार ९३ करोडको शेयर कारोबार भएको थियो । 

    १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, लगानी, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन जलविद्यूत उपसमूहको परिसूचक सर्वाधिक ०.९६ प्रतिशत घटेको छ।

    आज ८० कम्पनीको शेयर मूल्य बढेको छ । १५० कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै नविल बैंकको संस्थापक शेयर कारोबार भएको छ । आज बैंकको ५ करोड ९० लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको हो ।त्यस्तै, प्रभु बैंकको ५ करोड १५ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।  

    विहीबार सिटिजन्स म्युचुअल फण्ड २ को ५.८७ प्रतिशतले बढेको छ ।  बिपीडब्लु लघुवित्तको ४.७६ प्रतिशतले बढेको छ । यस दिन अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयरमूल्य सर्वाधिक ८.२५ प्रतिशत घटेको छ। त्यस्तै, इन्फिनिटी लघुवित्त र आशा लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी घटेको छ।

     


    images
    images

    Logo