काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । बिहीबार नेप्सेले सो कम्पनीको आईपीओ सूचीकृत गरेको हो ।
उक्त कम्पनीको कुल३ करोड ७ लाख ५० हजार ५ सय कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको छ । नेप्सेले सो कम्पनीको पहिलो दिनको कारोबारका लागि न्युनतम मूल्य १ सय ४२ रुपैयाँ १ पैसा तोकिएको छ भने अधिकतम ४ सय २६ रुपैयाँ ३ पैसा ओपनिङ रेञ्च तोकेको छ ।
उक्त कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।