काठमाडौं । नेशनल हाइड्रो पावरको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार कम्पनीको ५० प्रतिशत शेयर बापतको ८२ लाख २१ हजार ४ सय ५९ कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको हो ।
कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ