images
images

हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियममा आईपीओ ल्याउन बोर्डको स्वीकृति, मूल्य कति ?


  • 545
    SHARES
  • २०८० कार्तिक २ गते बिहीबार

    हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियममा आईपीओ ल्याउन बोर्डको स्वीकृति, मूल्य कति ?

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हिमालयन रि–इन्स्योरेन्स लिमिटेडलाई प्रिमियममा आईपीओ ल्याउन स्वीकृति दिएको छ । बोर्डले कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम मूल्य १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँको दरले आइपीओ जारी गर्ने अनुमति दिएको हो । 

    कम्पनीले गत भदौ २६ गते आइपीओ निष्कासनका लागि निवेदन पेश गरेको थियो । कम्पनीले ३ अर्ब बराबरको ३ करोड कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको हो । 

    कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीले बोर्डमा भदौ २६ गते निवेदन पेश गरेको थियो ।


    images
    images

    Logo