काठमाडौं । एनआईसी एशिया लघुवित्तको १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९÷८० का लागि १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट सो बराबर नगदमा वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको चुक्ता पुँजी १.७३ अर्ब रुपैयाँ नगद लाभांश २६.०९ करोड रुपैयाँ हुन आउँछ ।
राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण हुनेछ । हाल कम्पनीको दोस्रो बजारको मूल्य ६१५ रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीले आर्थिक वर्ष २०७८÷७९ का लागि १४.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।