काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्जसँग ओटीसी बजारमा भएको सर्वोत्तम सिमेन्टको शेयर कारोबार विवरण मागेको छ ।
मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले नेपाल स्टक एक्सचेञ्जलाई पत्र लेखेर त्यस्तो कारोबारको विवरण मागेको हो । ओटीसी बजारबाट सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको विवरण बाहिर आएपछि यसअघि अर्थले यसबारे नेप्से र धितोपत्र बोर्डसँग प्रष्टीकरण माग गरिसकेको छ ।