काठमाडौं । दुई कम्पनीको साधारणसभा आज हुँदैछ । सानिमा बैंक र सानिमा हाइड्रोपावर कम्पनीको साधारणसभा आज हुन लागेको हो ।
सानिमा बैंकको साधारणसभा बिहान ११ बजे कुण्डलिनी दरबार ब्याङ्क्वेटमा हुँदैछ । साधारणसभामा अध्यक्षको प्रतिबेदन, लेखापरीक्षण प्रतिवेदन लागयतका सामान्य प्रस्तावका अतिरिक्त १४.७५ प्रतिशत लाभांश प्रस्तव पारित हुनेछ । सानिमाले ९ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
त्यस्तै, सानिमा हाइड्रोपावरले साँझ ४ बजे कम्पनीको आफ्नै कार्यालय धुम्बाराहीमा बस्दैछ । सभामा स्वतन्त्र सञ्चालक नियुक्ति, सञ्चालकहरुको भत्ता बृद्धि लगायत सामान्य प्रस्तावउपर छलफल भइ पारित गरिने कार्यतालिका छ ।