काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेर बन्द भएको छ । सोमबार बढेर बन्द भएको बजारले मंगलबार पनि निरन्तरता दिएको हो । नेप्से ४२.२७ अंकले बढेर १ हजार ९ सय ७ दशमलव ८९ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका २ सय ८६ स्क्रिपको ९३ करोड ४८ लाख रुपैयाँ बराबरको ३७ लाख ७२ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार १ अर्ब ८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज २ सय २३ कम्पनीको शेयर मूल्य बढेको छ । १० कम्पनीको शेयर मुल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ । यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, यस दिन वित्त, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको ३ करोड १३ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । आइएमई लाइफको २ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार आशा लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा आशा लघुवित्त रहेका छन् । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै, मिड सोलु हाइड्रोपावरको ९.३१ प्रतिशतले बढेको छ भने ज्योति विकास बैंकको ९.१९ प्रतिशतले बढेको छ ।



