images
images

अबैध मोबाइल आउन रोकिएन, ७८ लाखका मोबाइल बरामद


  • 551
    SHARES
  • २०७८ श्रावण २२ गते शुक्रबार

    अबैध मोबाइल आउन रोकिएन, ७८ लाखका मोबाइल बरामद

    काठमाडौं । भन्सार छलेर ल्याएका मोबाइलहरु नचल्ने घोषणा भए पनि अवैध मोबाइल आउन रोकिएको छैन । विभिन्न कम्पनीका ७८ लाख रुपैयाँ मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ । 

    पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५ सय ९५ थान मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । 

    दुम्किबासमा बरामद गरिएको मोबाइलको बजार मूल्य करिब ७८ लाख रुपैयाँ पर्ने जानकारीमा आएको गिरीको भनाइ छ । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले बिहीबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३–च–५५४४ नम्बरको कारमा सुरक्षा जाँच गर्ने क्रममा अवैधरूपमा जिल्ला भित्र्याइँदै गरेका मोबाइल बरामद गरिएको गिरीले जानकारी दिए । भन्सार छलेर ल्याइएका मोबाइल आजै भन्सार कार्यालय पठाइनेछ । 

    भन्सार छलेर मोबाइल ल्याउने चितवनको भरतपुर महानगरपालिका–८ का अर्जुन ढकाल र भरतपुर–२१ का इन्द्रलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु दुवैलाई दुम्किबास प्रहरीको हिरासतमा राखिएको उनले बताए। 


    images
    images

    Logo