images
images

ब्रोकर कमिसन घटाउने धितोपत्र बोर्डको निर्णय 


  • 389
    SHARES
  • २०८० कार्तिक १ गते बुधबार

    ब्रोकर कमिसन घटाउने धितोपत्र बोर्डको निर्णय 

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड ब्रोकर कमिसन घटाउने अन्तिम चरणमा पुगेको छ । बुधबार विहान बोर्डमा बसेको बैठकले कमिसन घटाउने निर्णय गरेको हो । 

    बोर्डमा उक्त निर्णय भएपछि अन्तिम स्वीकृतीका लागि अर्थ मन्त्रालय पठाइएको छ । अर्थ मन्त्रालयले त्यसको जवाफ पठाएपछि बोर्डले नयाँ ब्रोकर कमिशन दर सार्वजनिक गर्ने जनाइएको छ । 

    बोर्डले ब्रोकर कमिसन घटाउने भन्दै यसअघि पटक पटक लगानीकर्ता, ब्रोकरसँग छलफल गरेको छ । बोर्डले यसअघि २०७७ पुस १० गते संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्रीमा लिने ब्रोकर कमशिन घटाएर माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम गरेको थियो ।

    आउने दिनमा यस अघि जुन जुन स्ल्याबमा शुल्क लाग्ने गरेको थियो त्यसैमा १० प्रतिशत घट्ने बताइएको छ।

     


    images
    images

    Logo