images
images

बिक्री नभएको सिनर्जी पावरको साधारण शेयर आजदेखि लिलामीमा 


  • 437
    SHARES
  • २०८० कार्तिक १ गते बुधबार

    बिक्री नभएको सिनर्जी पावरको साधारण शेयर आजदेखि लिलामीमा 

    काठमाडौं । सिनर्जी पावरको ५ लाख ६३ हजार कित्ता शेयर आजदेखि लिलामीका लागि खुला भएको छ । कम्पनीले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको उक्त शेयर बोलकवोल बिक्रीका लागि आजदेखि खुला भएको हो । 

    उक्त शेयरका लागि सानिमा क्यापिटल, सानिमा बैंक र गरिमा विकाश बैंकको तोकिएको शाखाबाट आवेदन दिन सक्ने जनाइएको छ । कम्पनीको शेयरमा न्यूनतम १०० कित्ता र प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ मूल्य बोलकवोल गर्नपर्ने जनाइएको छ । 

    अहिले कम्पनीको बजारमूल्य १६२ रुपैयाँ रहेको छ । 


    images
    images

    Logo