images
images

मिर्मिरे लघुवित्तको एफपीओ : अन्तिम दिनसम्ममा १३०.६३ गुणा बढी आवेदन


  • 466
    SHARES
  • २०८० आश्विन ३० गते मंगलबार

    मिर्मिरे लघुवित्तको एफपीओ : अन्तिम दिनसम्ममा १३०.६३ गुणा बढी आवेदन

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको एफपीओ आज अन्तिम दिनसम्ममा १३०.६३ गुणा बढी आवेदन परेको छ । लघुवित्तको एफपीओमा मंगलबारसम्ममा १४ लाख २१ हजार ७७७ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा लघुवित्तको एफपीओमा १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन परेको छ ।

    कम्पनीले असोज २५ गतेदेखि एफपीओ विक्री गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गरेको हो ।

    एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

    लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


    images
    images

    Logo