images
images

माथिल्लो मैलुङ खोलाको आईपीओ बाँडफाँटको मिति तोकियो, कति जनाले पाउँछन् ?


  • 4.0K
    SHARES
  • २०८० आश्विन ३० गते मंगलबार

    माथिल्लो मैलुङ खोलाको आईपीओ बाँडफाँटको मिति तोकियो, कति जनाले पाउँछन् ?

    काठमाडौं । माथिल्लो मैलुङ खोलाको आईपीओ बाँडफाँटको मिति तय भएको छ । कम्पनीले सर्वसाधारणका निष्काशन गरेको आईपीओ कात्तिक ३ अथात् शुक्रबार गर्ने भएको हो ।  बाँडफाँटको मिति तोकिएपनि समय भने तय नभएको क्यापिटलले जनाएको छ ।

    किनभने यसमा मागभन्दा १०.८० गुणा बढी आवेदन परेको छ ।   कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो ।

     यसमा १२ लाख ४९ हजार १०७ जनाले कुल १ करोड ३८ लाख ८० हजार ५९० कित्ताका  लागि आवेदन दिएका छन् । जसमा १ लाख २८ हजार ४२० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख २० हजार ६८७ जनाको भने हात खाली हुनेछ ।

    कम्पनीले  सर्वसाधारणका लागि १२ लाख ८४ हजार २ सय कित्ता सेयर आईपीओ जारी गरेको थियो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि शेयर निष्काशन गरि बाँडफाँड समेत गरिसकेको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ ।

     

     

     


    images
    images

    Logo