images
images

जसले घुस दिन खोज्नेलाई कानूनी कठघरामा पुर्याए...


  • 644
    SHARES
  • २०७८ श्रावण २२ गते शुक्रबार

    जसले घुस दिन खोज्नेलाई कानूनी कठघरामा पुर्याए...

    काठमाडौं । घुस दिन खोज्ने चालक र सवारीधनीलाई कानूनी कठघरामा पुर्याउने ३६ जना ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई शुक्रबार उनीहरुलाई सम्मान र पुरस्कृत गरेको हो । 

    सम्मानित हुनेहरु मध्य ९ जना ट्राफिक प्रहरीलाई नगद सहित बृद्धि विकासमा सहयोग पुग्ने गरि रेकर्डमा जनिने पुरस्कार दिइएको छ । अरुलाई भने खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरिएको छ ।  

    नगद पुरस्कृत सहित सम्मानित हुनेहरु प्रहरी निरीक्षक शंकर खड्का सहित प्रहरी सहायक निरीक्षक मणिकान्त झा, प्रहरी हवल्दारद्वय बिनोद गोतामे र सन्तोष कुमार शाह साथै प्रहरी जवानहरु अमर यादव, केशव बिष्ट, दिनेश श्रेष्ठ, देवीराम धमला, कृष्ण बहादुर शाही रहेका छन् । 

    प्रहरी हवल्दारहरु अशोक कुमार धवल, उमेश राम, कृष्ण कुमार प्रजापति, नारायण दत्त भट्ट, पदम सिंह धामी, प्रमानन्द यादव, बसन्त कुमार गौतम, बिरेन्द्र कलवार, शम्भु नारायण यादव, शिव नारायण चौधरी र प्रहरी जवानहरु कमल खड्का, अरुण अधिकारी, गणेश ओझा, गुणकर अवस्थी, दिनेश विक, प्रकाश थापा, प्रज्ञान केसी, मनोज कुमार चौधरी, दिनेश लामा, महेन्द्र प्रसाद शर्मा, यशोदा भट्ट, राकेश कुमार शाह, राजेन्द्र कार्की, लक्षमण सिंह बोहोरा, बिजय सिंह ऐर, श्याम सुन्दर यादव, हेमन्त बहादुर खड्कालाई खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरिएको छ । 

    ३६ ट्राफिक प्रहरी अधिकारीले  ४९ जना चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । यस्तो कार्यले अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने बिश्वास महाशाखाले गरेको छ ।


    images
    images

    Logo