images
images

दिब्यश्वरी हाइड्रोपावरले २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने


  • 397
    SHARES
  • २०८० आश्विन ३० गते मंगलबार

    दिब्यश्वरी हाइड्रोपावरले २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

    काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले अब २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले यस अघि असार १० गते १ः१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो ।

    तर असोज २९ गते बसेको संचालक समितिको बैठकले असार १० को प्रस्ताव रद्द गरि अब १ः२ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।

    विद्युत नियमन आयोगले स्वीकृति दिएपछि, कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ । 

    हकप्रद शेयर निश्कासन बाट प्राप्त हुने पुँजी मध्ये पाँच खपन हाइड्रोपावर प्रा.लि. मा ५१ प्रतिशत लगानी गर्ने तथा बाँकि सबै रकम बैकहरुबाट लिएको दिर्घ कालिन कर्जाको भुत्तानी गर्ने कम्पनीले जनाएको छ ।

     


    images
    images

    Logo