काठमाडौं । मर्जर प्रयोजनका लागि दुई लघुवित्त कम्पनीको साधारणसभा आज हुँदैछ । बीपीडब्ल्यू लघुवित्त र सामुदायिक लघुवित्तले आज एकैसाथ साधारणसभा बोलाएका हुन् ।
बीपीडब्ल्यूको साधारणसभा बिहान ११ बजे जाउलाखेल ललितपुरमा र सामुदायिक लघुवित्तको साधारणसभा सोही समयमा बनेपामा हुनेछ ।
दुई लघुवित्तबीच १ः०.८५३५ स्वाप रेसियोमा मर्जर हुन लागेको हो ।