images
images

मिर्मिरे लघुवित्तको एफपिओमा आवेदन दिने आज अन्तिम दिन


  • 357
    SHARES
  • २०८० आश्विन ३० गते मंगलबार

    मिर्मिरे लघुवित्तको एफपिओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं ।  मिर्मिरे लघुवित्तको एफपिओमा आजसम्म आवेदन दिन सकिनेछ । लघुवित्तले बिहीबारदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले जारी गरेको १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओमा आवेदन दिने आज अन्तिम दिन हो । 

    लघुवित्तले असोज २५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न यो लघुवित्तले एफपीओ निष्कासनमा ल्याएको हो । 

    उक्त एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

    लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


    images
    images

    Logo