काठमाडौैं । एभरेष्ट बैंक लिमिटेडको आधारण सभा आज हुँदैछ । बैंकले लैनचौर स्थित लैनचौर ब्यान्क्वेटमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ ।
सभामा गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारितका लागि पेस गरिनेछन् । साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभामा टुङ्ग्याइनेछ ।
बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले असोज १६ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।