काठमाडौं । सोमबार नेप्से घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.१६ अंकले घटेर १ हजार ८ सय ५१ दशमलव ४३ विन्दुमा पुगेको छ । आज १ अर्ब २५ करोड रुपैयाँ बराबरको ४८ लाख ३७ हजार कित्ता शेयर किनबेच भएको छ ।
सोमबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार १ अर्ब ७० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज २२ कम्पनीको शेयर मुल्य बढेको छ । २ सय ११ कम्पनीको शेयर मुल्य घटेको छ भने ३ कम्पनीको शेयर मुल्य स्थिर छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त, लगानी लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै प्रभु बैंकको संस्थापक शेयर कारोबार भएको छ । आज बैंकको ६ करोड २४ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । हाथवे इन्भेष्मेन्टको ५ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भउको छ । सिटिजन लाइफको ३ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७.८७ प्रतिशतले बढेको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को ७.३१ प्रतिशतले बढेको छ । सुपर माई हाइड्रोपावरको शेयर मूल्य ४ं.०४ प्रतिशतले बढेको छ ।



