काठमाडौं । मिर्मिरे लघुवित्तको एफपीओमा १ अर्ब २२ करोड ९८ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आइतबार साँझसम्ममा १० लाख ७० हजार ७ सय ६६ जनाले १ करोड २२ लाख ९८ हजार ६ सय ८० कित्ताका लागि आवेदन् दिएका छन् ।
सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा यो आवेदन ९९.३३ गुणा बढी हो । यसमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । यस लघुवित्तले बिहीबार (असोज २५ गते) देखि प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न यो लघुवित्तले एफपीओ निष्कासनमा ल्याएको हो । यो एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।



