images
images

सातामा ८२ अंकले घट्यो नेप्से, आगामी साता के होला ?


  • 414
    SHARES
  • २०८० आश्विन २७ गते शनिबार

    सातामा ८२ अंकले घट्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ८२.३२ अंक घटेर १ हजार ८ सय ७४ दशमलव ६० विन्दुमा झरेको छ। ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार नकारात्मक भएर बन्द भएसँगै नेप्सेले सो बराबरको अंक गुमाएको हो। यस साता बुधबार नेप्से सामान्य अंक बढेर बन्द भएको थियो।

    यस साता नेप्सेको कुल बजार पूँजीकरण करिब ४ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन २९ खर्ब ८३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ११ अर्ब रुपैयाँ घटेर २८ खर्ब ७२ अर्बमा सीमित भएको छ।

    साताको पहिलो दिन आइतबार ३५.६७ अंकले घटेर १ हजार ९ सय २१ दशमलव २४ विन्दुमा पुगेको छ । सो दिन १ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार १२.५८ अंकले घटेर १ हजार ९ सय ८ दशमलव ६६ विन्दुमा पुगेको छ । सो दिन १ अर्ब १४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको थियो । 

    त्यस्तै, मंगलबार १९.०६ अंकले घटेर १ हजार ८ सय ८९ दशमलव ५९ विन्दुमा पुगेको छ । सो दिन १ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्सेसँगै घटेपनि कारोबार रकम भने बढेको थियो । बुधबार ५.१६ अंकले बढेर १ हजार ८ सय ९४ दशमलव ७६ विन्दुमा पुगेको छ । सो दिन १ अर्ब ६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

    साताको अन्तिम दिन विहीबार २०.१६ अंकले घटेर  १ हजार ८ सय ७४ दशमलव ६० विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.०३ प्रतिशत घटेको छ।  यस साता सबैभन्दा कम म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ। यस साता नेप्सेमा ४ करोड ८७ लाख ६९ हजार २१७ कित्ता शेयर सूचीकृत भएको छ। यस साता ४ कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको हो भने नेशनल हाइड्रोपावरको एक्विजिशन पश्चातको शेयर सूचीकृत भएको हो।

    बजार घटिरहँदा लाभांशको सिजन भने सुरु भइसकेको छ । कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । केहीले त बुक क्लोज र साधारण सभा मितिसमेत सार्वजनिक गरिसकेको अवस्था छ । कतिपय बैंकले साधारणसभा समेत भइसकेको छ भने केहीले दसैंअघि नै साधारण सभा गर्ने तयारी गरिरहेका छन् । 


    images
    images

    Logo