काठमाडौं । रिलायन्स फाइनान्सको बोनस शेयर नेप्से सुचीकृत भएको छ । शुक्रबार ६.५० प्रतिशत बोनस बापतको ६ लाख ८४ हजार ४ सय ५४ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।