images
images

सिटिजन्स बैंकसहित ३ कम्पनीको साधारणसभा आज हुँदै, कस्को के–के छन् एजेण्डा ?


  • 1.6K
    SHARES
  • २०८० आश्विन २६ गते शुक्रबार

    सिटिजन्स बैंकसहित ३ कम्पनीको साधारणसभा आज हुँदै, कस्को के–के छन् एजेण्डा ?

    काठमाडौं । सिटिजन्स बैंकसहित ३ कम्पनीको साधारणसभा आज हुँदैछ । शुक्रबार  सिटिजन्स बैंक, नेष्डो समृद्ध लघुवित्त र सुपर माइ हाइड्रोपावर रहेका छन् । 

    सभा घोषणा गरेका कम्पनीमा सिटिजन्स बैंकले अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको ५.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । 

    सभाले संस्थापक शेयरधनीको तर्फबाट ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।

    त्यस्तै, नेष्डो समृद्ध लघुवित्तले रोयल कुश्मा रिसोर्ट, कुश्मामा दिउँसो १ः३० बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको १७.९३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

    सभाले सञ्चालक समितिको तर्फवाट आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ भने लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । यस वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त कुनै एक वा एक भन्दा वढि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ती गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मुल्यांकन प्रतिवेदन तयार गर्न मुल्यांकनकर्ताको नियुक्ती तथा नीजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्नेरगाभिने एवम् प्राप्तीसंग सम्वन्धित प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपानाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक सम्पूर्ण कार्यहरु गर्न गराउनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । 

    वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीहरुमा संस्थाको चुक्ता पुँजी शंसोधन तथा अन्य आवश्यक संशोधन गर्नु पर्ने भएमा छलफल गरी शंसोधन गर्ने लगायतका अन्य प्रस्ताव पारित गर्ने भएको छ ।

    त्यस्तै, सुपर माइ हाइड्रोपावरले लिसारा रिसेप्शन प्राइभेट लिमिटेड, नक्साल, काठमाडौंमा विहान ११ः०० बजे बस्नेगरि सभा बोलाएको छ ।  २०७९/८० को वित्तीय प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ भने लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ । 

     


    images
    images

    Logo