काठमाडौं । अबको दुई दिन नेप्सेको सिस्टम पुर्ण रुपमा बन्द हुने भएको छ । शुक्रबार र शनिबारका लागि नेप्सेले आफ्नो कारोबार प्रणालीलाई पूर्ण रुपमा बन्द गर्न लागेको हो ।
नेप्सेको प्लेटफर्म अपग्रेड र मर्मतको लागि उक्त सेवा बन्द गर्न लागिएको नेप्सेले प्रष्ट पारेको छ ।
सिस्टम बन्द भएपछि सो दुई दिन नेप्सेमा कुनै पनि प्रकारका सूचना तथा सर्कुलरहरु आउने छैनन् । शुक्रबार र शनिबार भएकोले शेयर कारोबार नियमित जस्तै बन्द हुने भए पनि अरु कुनै पनि प्रकारका सिस्टम यो अवधिमा चल्ने छैनन् ।
नयाँ वेभसाइटको बेटा भर्सनलाई पूल भर्सन बनाउने क्रममा अहिले नेप्सेले डाटा माइग्रेसनको काम गरिरहेको छ ।