काठमाडौं । संग्रहालय निर्माणको लागि महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइएको छ । विहिबार मैतीदेवीमा रहेको महाकविको घर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय निर्माणको लागि भत्काएकाे हो ।
बि.सं. १९९० सालतिर निर्माण भएको देवकोटाको घर सरकारले साढे २ करोडमा किनेको थियो ।