images
images

मिर्मिरे लघुवित्तको एफपीओ आजदेखि


  • 1.0K
    SHARES
  • २०८० आश्विन २५ गते बिहीबार

    मिर्मिरे लघुवित्तको एफपीओ आजदेखि

    काठमाडौं । मिर्मिरे लघुवित्तको एफपीओ आदेखि निष्काशन हुने भएको छ । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६ सय ४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूलयका १ लाख २३ हजार ८ सय १६ कित्ता शेयर निष्काशन गर्न लागेको हो। 

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो। लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

    यस्तो निष्काशन बन्द छिटोमा असोज ३० गते हुनेछ भने ढिलोमा कात्तिक ९ गते हुनेछ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। 

    ्लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

     

     


    images
    images

    Logo