images
images

आईपीओ निष्काशनका लागि थप ३ कम्पनीले दिए बोर्डमा निवेदन 


  • 378
    SHARES
  • २०८० आश्विन २४ गते बुधबार

    आईपीओ निष्काशनका लागि थप ३ कम्पनीले दिए बोर्डमा निवेदन 

    काठमाडौं । आईपीओ निष्काशनका लागि थप ३ कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । यसरी निवेदन दिनेमा माविलुङ इनर्जि लिमिटेड, एपेक्स हस्पिटालिटी र याम्बालिङ्ग हाइड्रोपावर रहेका छन् । 

    याम्बालिङ्ग हाइड्रोपावरले २८ लाख कित्ता आइपीओ निष्काशन गर्न असोज १० गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

    त्यस्तै एपेक्स हस्पिटालिटी २४ लाख कित्ता आइपीओ निष्कासन गर्नका लागि असोज १२ गते निवेदन दिएको हो । विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

    माविलुङ इनर्जी लिमिटेडले १८ लाख ९० हजार ५ सय ३० कित्ता सेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ। विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । यस अघि जगदम्बा स्टिल्स र एसवाई प्यानलले आईपीओ निष्काशनका लागि निवेदन दिएका थिए । 

     

     

     


    images
    images

    Logo