काठमाडौं । आईपीओ निष्काशनका लागि २ कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । यसरी निवेदन दिनेमा जगदम्बा स्टिल्स र एसवाई प्यानल रहेका छन् ।
जगदम्बा स्टिल्स कम्पनीले २ करोड ७० हजार कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो। बोर्डले अनुमति दिएपछि कम्पनीले ६ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले असोज १७ गते बोर्डमा आवेदन दिएको हो ।
त्यस्तै, एसवाई प्यानलले ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो। बोर्डले अनुमति दिएपछि कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले असोज १९ गते बोर्डमा आवेदन दिएको हो ।



