काठमाडौं । दुई कम्पनीको आईपीओ नेप्समा सुचीकृत भएको छ । आईपीओ सुचीकृत हुनेमा भगवती हाइड्रोपावर डेभलपमेन्ट र मिड सोलु हाइड्रोपावर रहेका छन् ।
बुधबार भगवती हाइड्रोपावर डेभलपमेन्टको ५७ लाख २० हजार ६ सय ४७ कित्ता आईपीओ सूचीकृत नेप्सेमा सुचीकृत भएको छ । कम्पनीले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १ सय २० रुपैयाँ ४१ पैसादेखि अधिकतम ३ सय ६१ रुपैयाँ २३ पैसा ओपनिङ्ग रेञ्ज पाएको छ ।
त्यसैगरी, मिड सोलु हाइड्रोपावरको ७४ लाख ८४ हजार कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको छ । कम्पनीले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँदेखि अधिकतम ३ सय रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज पाएको छ ।
दुई कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।