काठमाडौं । सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
क्यापिटलका अनुसार आईपीओमा ११ लाख ४६ हजार ६ सय ६१ जनाको आवेदन परेको थियो । जस मध्ये १० लाख ४० हजार ७ सय ७० जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ ।
जस अनुसार १० लाख ३२ हजार १ सय ३२ जनाले शेयर पाएका छन् । यी मध्ये ८ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् । कम्पनीले असोज १४ गतेदेखि असोज १८ गते गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ ।



