images
images

गोरखामा ९९ प्रतिशत विद्यालय भवन पुनःनिर्माण सम्पन्न


  • 651
    SHARES
  • २०७८ श्रावण २१ गते बिहीबार

    गोरखामा ९९ प्रतिशत विद्यालय भवन पुनःनिर्माण सम्पन्न

    गोरखा । गोरखा भूकम्पले क्षति पुर्याएका १ सय ५६ विद्यालय भवन पुननिर्माण भएका छन् । विसं २०७२ वैशाख १२ गते  शनिबार गएको भूकम्पले क्षति बनाएको १ सय ३१  विद्यालयको नयाँ भवन बनेको हो ।

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ ‍(शिक्षा)  प्रमुख अशोक पराजुलीका अनुसार, “हालसम्म ९९ प्रतिशत विद्यालय भवन पुनःनिर्माण सम्पन्न भएको छ । ” जिल्लामा ६९ शौचालय पुनःनिर्माण गर्नुपर्नेमध्ये ६८ सम्पन्न भएको छ । 

    यसैगरी ३६ खानेपानी धारा पुनःनिर्माण गर्नुपर्नेमध्ये ३४ सम्पन्न भएको छ । जिल्लामा विद्यालय भवन, शौचालय र खानेपानी गरी २ सय ६८ बनाउनुपर्ने मध्ये २ सय ५७ सम्पन्न भएको  जनाइएको छ ।   उनले भने , “हामीले जिल्लामा गत आर्थिक वर्षको असार मसान्तसम्ममा सकाउने लक्ष्य राखे पनि बर्खायाममा विभिन्न ठाउँमा भत्किएको बाटो र विद्युतको समस्याले निर्माण सम्पन्न हुनसकेन । अब आगामी कात्तिक महिनाभित्र सबै काम सम्पन्न गर्नेछौँ । ” आर्थिक वर्ष २०७३÷०७४ मा विद्यालय भवन पुनःनिर्माण  शुरुआत भएको थियो । 

    उक्त आर्थिक वर्षदेखि जिल्लामा पुनःनिर्माण गर्नुपर्ने विद्यालय भवन पाँच वर्ष अवधि रहेको थियो । जिल्लामा कूल ३ सय ५२ सामुदायिक विद्यालय रहेकोमध्ये ती विद्यालयका भवनमा भूकम्पले क्षति पुर्याएको थियो । सबै योजना विद्यालय व्यवस्थापन समितिमार्फत पुननिर्माण भइरहेको छ । 


    images
    images

    Logo