काठमाडौं । सानिमा माई हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस बापत नेप्सेले सोमबार शेयर मुल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मूल्य २ सय ९७ रुपैयाँ २७ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय २७ रुपैयाँमा भएको थियो ।