images
images

४ महिनापछि शेयर बजार फेरि १८ सयको लाइनमा


  • 470
    SHARES
  • २०८० आश्विन २३ गते मंगलबार

    ४ महिनापछि शेयर बजार फेरि १८ सयको लाइनमा

    काठमाडौं । मंगलबार नेप्से घटेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्से परिसूचकले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हाे। यो पछिल्लो ४ महिना यताकै न्यून विन्दु हो । यस अघि गत जेठ १८ गते नेप्से १८६६.३४ विन्दुमा बन्द भएको थियो। योबीचमा बजारमा पटक पटक उतारचढाव भए पनि १८ सयको लाइनमा आएको थिएन ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.०६ अंकले घटेर १ हजार ८ सय ८९ दशमलव ५९ विन्दुमा झरेको छ । आज कारोबारमा आएका २ सय ८२ स्क्रिपको १ अर्ब २८ करोड रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता शेयर किनबेच भएको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। सोमबार १ अर्ब १४ करोडको कारोबार भएको थियो । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधकि १.७९ प्रतिशत घटेको छ। कारोबारमा आएका विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमिूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज ३१ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ९३ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    सबैभन्दा धेरै सानिमा जिआइसीको शेयर कारोबार भएको छ । आज कम्पनीको २० करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज नविल बैंकको ३ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    मंगलबार अपर लोहोरे खोला ५.८६ प्रतिशतले बढेको छ । इन्फिनीटि लघुवित्त वित्तीयको ४.१९ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo