images
images

अरुण काबेलीको अवितरित हकप्रद शेयर लिलामी खुल्दै


  • 383
    SHARES
  • २०८० आश्विन २३ गते मंगलबार

    अरुण काबेलीको अवितरित हकप्रद शेयर लिलामी खुल्दै

    काठमाडौं । अरुण काबेली पावरको अवितरित हकप्रद शेयर लिलामी विक्रीमा गर्ने भएको छ । कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म १ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो।

    कम्पनीले सर्वसाधारण समूहको २० लाख १४ हजार ८ सय १७ कित्ता शेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्न लागेको छ। सो शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरुले असोज ३० गतेदेखि कात्तिक १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

    शेयरको न्यूनतम मूल्य प्रतिशेयर १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट लिमिटेड रहेको छ।


    images
    images

    Logo