images
images

कुमारी बैंकले कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन गर्दै


  • 409
    SHARES
  • २०८० आश्विन २३ गते मंगलबार

    कुमारी बैंकले कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन गर्दै

    काठमाडौं ।  कुमारी बैंक लिमिटेडले कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ निष्काशन गर्न लागेको हो।

    बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

    सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा कात्तिक १२ गते हुनेछ भने ढिलोमा कात्तिक १६ गते हुनेछ।

    बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

     

     

     

     


    images
    images

    Logo