images
images

नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम १ अर्ब १७ करोड


  • 326
    SHARES
  • २०८० आश्विन २२ गते सोमबार

    नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम १ अर्ब १७ करोड

    काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५८ अंकले घटेर १ हजार ९ सय ८ दशमलव ६६ विन्दुमा पुगेको छ । आज कारोबारमा आएको २ सय ८७ स्क्रिपको १ अर्ब १७ करोड रुपैयाँ बराबरको  ४३ लाख २७ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार १ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.४९ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०६ प्रतिशत बढेको छ। कारोबारमा आएको जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक १ प्रतिशत घटेको छ।

    आज ६६ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ५८ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ३ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायल नेपाल लाइफको ३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएके छ । हिमालयन लघुवित्तको ३ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको २ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सयपत्री हाइड्रोपावरको ६.८८ प्रतिशतले बढेको छ । थ्री स्टार हाइड्रोपावरको ४.४६ प्रतिशतले बढेको छ ।  हिमालयन पावर पार्टनको ४.३८ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo