images
images

बुद्ध एयरले भरतपुर–भैरहवा उडान भर्दै


  • 512
    SHARES
  • २०७८ श्रावण २१ गते बिहीबार

    बुद्ध एयरले भरतपुर–भैरहवा उडान भर्दै

    काठमाडौं । बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर–भैरहवा उडान शुरुआत गर्ने भएको छ । कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२ः५५ बजे तीन  उडान गर्न लागेको जानकारी दिए ।  उनले भने, “पर्यटकीय नगरीसँग हवाई उडान जोड्नका लागि उडान शुरु गर्न लागिएको हो ।” नारायणगढ–बुटवल सडक विस्तारका कारण यात्रुले सास्ती व्यहोर्दे आएका छन् । 
     
    भैरहवा उडानका लागि एकतर्फी भाडा २ हजार ८ सय ३५ देखि ४ हजार ३ सय ३५ रुपैयाँसम्म तय गरिएको छ । बुद्ध एयरले भरतपुर–काठमाडौँ नौ  उडान गरिरहेको छ । यस्तै भरतपुर–पोखरा दैनिक एक उडान छ । कोरोना कहरका कारण गरिएको निषेधाज्ञा खुकुलो भएसँगै एयरलाइन्सले उडान शुरु गरेको हो ।

    सुआतमा भैरहवा १८ सिट जहाजबाट उडान सुरु गर्न लागिएको प्रबन्धक बस्नेतले बताए । सन् २००५ बाट चितवनमा उडान शुरुआत गरेको कम्पनीले निषेधाज्ञा अघिसम्म भरतपुर–काठमाडौँ दैनिक १२ उडान भर्दै आएको थियो ।

    चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । पोखरा र भैरहवा देशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछन् । उडानको सञ्जाल जोडिएसँगै पर्यटक बढ्ने अपेक्षा गरिएको छ । यसअघि बुद्धले नेपालगञ्ज–पोखरा–नेपालगञ्ज हवाई सेवा समेत सुरु गरिसकेको छ । विस्तारै अन्य क्षेत्रीय उडानहरु समेत सुरु गर्ने तयारी सो कम्पनीले गर्दैछ । 


    images
    images

    Logo