images
images

सोनापुर मिनरल्सको आईपीओ बाँडफाँटकाे मिति तोकियो, कति जनाले पाउँछन् ?


  • 1.5K
    SHARES
  • २०८० आश्विन २१ गते आइतबार

    सोनापुर मिनरल्सको आईपीओ बाँडफाँटकाे मिति तोकियो, कति जनाले पाउँछन् ?

    काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको आईपीओ बाँडफाँट मिति तय भएको छ । कम्पनीले सर्वसाधारणका निष्काशन गरेको आईपीओ बुधबार अर्थात असोज २४ गते बाँडफाँट गर्ने भएको हो । बाँडफाँटको मिति तोकिएपनि समय भने तय नभएको क्यापिटलले जनाएको छ ।

    सो आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुने कम्पनीले जनाएको छ । कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो ।

    यसमा ११ लाख १३ हजार  सय जनाले कुल १ करोड ४७ लाख ६५ हजार १ सय २० कित्ताका  लागि आवेदन दिएका छन् । जसमा ९ लाख ७३ हजार २ सय ५४ जनाले सेयर हात पार्नेछन् । बाँकी १ लाख ४० हजार ६ सय १ जनाको भने हात खाली हुनेछ ।

    कम्पनीले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता सेयर निश्कासन गरेको थियो । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १३७.२८ रुपैयाँ थप गरि प्रति कित्ता २३७.५८ रुपैयाँमा शेयर निष्काशन गरेको थियो ।

    कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि शेयर निष्काशन गरि बाँडफाँड समेत गरिसकेको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गरेको छ ।


    images
    images

    Logo