images
images

राष्ट्र बैंकको सहुलियतकाे रिभर्स इफेक्ट : झनै घट्यो शेयर बजार 


  • 450
    SHARES
  • २०८० आश्विन २१ गते आइतबार

    राष्ट्र बैंकको सहुलियतकाे रिभर्स इफेक्ट : झनै घट्यो शेयर बजार 

    काठमाडौं । नेपाल राष्ट्र बैंकको सहुलियत रिभर्स इफेक्ट पछि शेयर बजार झनै घट्न पुगेको छ । साताको पहिलो कारोबारकाे दिन आइतबार नेप्से परिसुचक घटेर बन्द भएको हाे । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाएपनि त्यसको सकारात्मक प्रभाव भने आइतबार शेयर बजारमा देखिएनन् । 

    राष्ट्र बैंकले गत बिहीबार शेयर धितो कर्जाको सीमा सामान्य बढाएको थियो। एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले व्यक्तिगत शेयर धितो कर्जाको सीमा १५ करोड पुर्याएको थियो भने संस्थागत लगानीकर्ताले लिन शेयर धितो कर्जाको सीमा २० करोड पुर्याएको थियो। 

    तर, लगानीकर्ताहरु सो सीमा परिवर्तनबाट खुसी भएनन्। जसको प्रभाव यस दिनको बजारमा देखिएको हो। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.६७ अंकले घटेर १ हजार ९ सय २१ दशमलव २ विन्दुमा पुगेको छ । साताको पहिलो दिन आइतबार कारोबारमा आएका २ सय ८९ स्क्रिपको १ अर्ब ८० करोड रुपैयाँ बराबरको ५८ लाख १५ हजार कित्ता शेयर किनबेच भएको छ । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.७२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज कारोबारमा आएका १६ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय १३ कम्पनीको शेयर मुल्य घटेको छ भने ४ कम्पनीको शेयर मुलय स्थिर छ । 

    आज शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ५ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ४ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आइतबार बराही हाइड्रोपावरको ९.५९ प्रतिशतले बढेको छ ।  सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का ९.४० प्रतिशतले बढेको छ । सयपत्री हाइड्रोपावरको २.७८ प्रशितले बढेको छ । 


    images
    images

    Logo