images
images

३२ प्रतिशत बढी राजश्व सङ्कलन


  • 337
    SHARES
  • २०७८ श्रावण २१ गते बिहीबार

    ३२ प्रतिशत बढी राजश्व सङ्कलन

    गलेश्वर । जिल्ला मालपोत कार्यालय म्याग्दीले गत आर्थिक वर्षमा २ करोड ६२ लाख १९ हजार ७ सय ७५ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । 

    यो आर्थिक वर्ष २०७६/७७ को तुलनामा ३० दशमलव ५१ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७६/७७ मा कार्यालयले ८० लाख रुपैयाँ राजश्व सङ्कलन गरेको जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ ।

    सङ्कलित राजश्वमा घरजग्गा रजिष्ट्रेसन शुल्कबाट २ करोड ३८ लाख ६५ हजार ९ सय ५७ रुपैयाँ  र नगर सुधार कोषबाट २३ लाख ५३ हजार ५ सय १८ रुपैयाँ रहेको कार्यालयका लेखापाल दीपक खत्रीले जानकारी दिए। उनका अनुसार सेवाग्राहीबाट धितो रोक्का, संशोधन, घर कायम, नामसारी, विलम्व शुल्कलगायतका सेवाबापत सो रकम सङ्कलन भएको हो । 

    रजिष्ट्रेसन शुल्कअन्तर्गत सङ्कलित कूल राजश्वमध्ये ४० प्रतिशत प्रदेश र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई पठाउने प्रावधान छ । सोही अनुसार जग्गा रजिष्ट्रेसनबापत सङ्कलित रकम प्रदेश र स्थानीय तहमा बाँडफाँट गरिएको मालपोत अधिकृत कृष्ण कार्कीले जानकारी दिए ।


    images
    images

    Logo